NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, ७ श्रावण । मोरङको धनपालथान गाउँपालिका क्षेत्रभित्र रहेका धार्मिक तथा शैक्षिक संस्थाहरुको अध्ययन पुस्तक विमोचन गरिएको छ ।पुस्तक प्रकाशनकालागि अग्रज पत्रकार यज्ञ शर्माको संयोजकत्वमा वरिष्ठ अधिवक्ता प्रा.डा. रामलाल सुतिहार र सञ्चार श्रोत केन्द्र विराटनगरका संयोजक विरेन्द्र शर्मा सदस्य रहेको समिति गठन गरिएको थियो । संयोजक शर्माले पुस्तकको सम्पादन गर्नुभएको हो । पत्रकारहरु श्यामसुन्दर सुतिहार, पदम सरदार र उषा मण्डल पुस्तकको सम्पादन मण्डलको सदस्य रहनुभएको छ । दुईसय ५० पृष्ठ रहेको पुस्तक प्रकाश इन्भेष्टमेन्ट प्रा.लि. विराटनगरले प्रकाशन गरेको हो । पुस्तक पहिलो पटक पाँचसय प्रति प्रकाशित गरिएको छ । पुस्तक प्रकाशन गर्न चारलाख ८३ हजार रुपैयाँ खर्च भएको जनाईएको छ ।