NOTIFICATIONS
हाम्रो पेज


यो घटनाले केही दिनअघिको अर्को कहालीलाग्दो घटनालाई सम्झाएको छ। गत असार ६ गते कागेश्वरी मनोहरा नगरपालिका ६, मूलपानीमा सडकमा खनिएको खाडलमा डुबेर एक ५ वर्षीय बालक गम्भीर घाइते भएका थिए। स्थानीय र प्रहरीको तत्कालको सक्रियतामा उनको उद्धार सम्भव भएको थियो। पानीले भरिएका खाडल र उर्लिएका खोलाहरू राजधानीका सडकमा ‘मृत्युको पासो’ बनेर बसेका छन्, जसले गर्दा आम नागरिकको दैनिक यात्रा त्रासमय बनेको छ।