
काठमाडौं, २६ फाल्गुन । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनामा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५० लाख मत कटाएको छ । मंगलबार बिहान १०ः४० बजेसम्म एक करोड चार लाख १९ हजार २३४ मतगणना गरिँदा रास्वपाले ५० लाख ५२ मत पाएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १६ लाख ९२ हजार ८६ मत प्राप्त गरेको छ । नेकपा एमाले १४ लाख ११ हजार ४२९ मत ल्याएर तेस्रो स्थानमा छ । नेपाली कम्युनिस्ट पार्टी नेकपा सात लाख ६६ हजार ८७५ मतसहित चौथो स्थानमा छ । श्रम संस्कृति पार्टीले तीन लाख ५८ हजार ४१५ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले तीन लाख २४ हजार ८८१ मत ल्याएको आयोगले जनाएको छ । यी ६ पार्टी राष्ट्रिय दल बन्ने करिब निश्चित भएको छ ।