हाम्रो पेज

प्रधानमन्त्रीको सचिवालयले सोमवार वक्तव्य जारी गर्दै देशबासीलाई समेत प्रधानमन्त्रीले टीका लगाउने कार्यक्रम नरहेको जनाएको छ।विज्ञप्तीमा भनिएको छ, ‘बडा दशैँ प्रत्येक बर्ष हर्सोल्लासका साथ मनाउने चाड भए तापनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरूले आफ्नो ज्यान गुमाउनु परेको पीडा पनि हाम्रासामु छ।
तसर्थ, यसबर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडा दसैंको टिका जमरा नलगाउनु हुने र देशबासीहरूलाई समेत टिका लगाउने कार्यक्रम नरहेको ब्यहोरा सबैको जानकारीको लागि सादर अनुरोध छ।’ यस्तै, ताजै युवापुस्ताहरूको अभुतपूर्व आन्दोलनको जगमा वर्तमान सरकार गठन भएको र यस सरकारले तोकिएको मितिमा प्रतिनिधिसभाको निर्वाचन गर्न कटिद्ध रहेको एवं देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको विज्ञप्तीमा भनिएको छ । ‘बडादसैँ प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाउने चाड भए पनि हालै सम्पन्न युवापुस्ताको आन्दोलनको क्रममा धेरै युवाहरुले आफ्नो ज्यान गुमाउनुपरेको पीडा पनि हाम्रासामु ताजै छ’, सन्देशमा उल्लेख छ, ‘तसर्थ, यस वर्ष सम्माननीय प्रधानमन्त्रीज्यू आफूले बडादसैँको टीका जमरा नलगाउनु हुने र देशवासीलाई समेत टीका लगाउने कार्यक्रम नरहेको व्यहोरा सबैको जानकारीका लागि सादर अनुरोध छ।’

सन्देशमा तोकिएको प्रतिनिधिसभाको निर्वाचन गर्न कटिबद्ध रहेको तथा देशमा सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख छ । उहाँले सबैमा देश विकासमा लाग्न अनुरोध समेत गर्नुभएको छ।
बडा दशैँको सन्दर्भमा समग्र राष्ट्रको कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भन्ने कामना गर्दै प्रधानमन्त्री कार्कीले मुलुकमा सुख, शान्ति, स्थायित्व, सुशासन र समृद्धिको मार्गमा अघि बढ्ने सङ्कल्प गरी देश विकासमा लाग्न सबैमा हार्दिक अपील समेत गर्नुभएकोछ ।