search logo
NOTIFICATIONS

कारमा ३ सय ४० किलो गाँजा, प्रहरीले कसरी समात्यो ?

हाम्रो पेज

१० आश्विन २०८२, शुक्रबार १३:१७

विराटनगर,१० आश्विन ।सुनसरी प्रहरीले लागूऔषध ओसारपसारविरुद्धको अभियानमा एक महत्त्वपूर्ण सफलता हासिल गरेको छ। बराहक्षेत्र नगरपालिका ५ स्थित सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको एउटा कारबाट ३४० किलोग्राम अवैध लागूऔषध गाँजा बरामद गरेको हो। इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको गस्ती टोलीले शुक्रबार बिहान करिब १ः४० बजे बीआर ११ बीआर ७१०२ नम्बरको शङ्कास्पद कार सडक छेउमा देखेको थियो। तत्कालै प्रहरी टोलीले उक्त गाडीको खानतलासी गर्दा प्लास्टिकका पोकाहरूमा लुकाएर राखेको अवस्थामा विशाल परिमाणको गाँजा फेला पारेको हो। बरामद गरिएको गाँजाको कुल वजन ३४० किलोग्राम रहेको सुनसरी प्रहरीले जनाएको छ। प्रहरीले गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान गरी उनीहरूलाई पक्राउ गर्न विशेष अनुसन्धान टोली परिचालन गरेको छ। प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको र संलग्न व्यक्तिहरूलाई पनि चाँडै नै कानुनको दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ।