हाम्रो पेज
काठमाडौं,१० आश्विन । जेनजी आन्दोलनको आडमा गत भदौ २४ गते देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका कूल १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारबाट ७,७१३ र सुधारगृहबाट ३४१० लाई पुनः पक्राउ गरी कारागार फर्काइएको छ। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, केही कैदीबन्दी स्वयं उपस्थित भएका हुन् भने धेरैजसोलाई सुरक्षाकर्मीले पक्राउ गरेका हुन्। यद्यपि, अझै पनि ६ हजार ४९४ कैदीबन्दी कारागारबाट ५,८७२ र सुधारगृहबाट ६२२ फरार छन्, जसको खोजी कार्य जारी छ। यस आन्दोलनका क्रममा १० कैदीबन्दीको मृत्यु भएको समेत विभागले जनाएको छ। देशभरका कारागारमा कुल ३० हजार ६४६ कैदीबन्दीमध्ये अहिले २३ हजार ४४६ जना मात्रै छन्। यसरी ठूलो संख्यामा कैदीबन्दी फरार हुँदा समाजमा सुरक्षा चुनौती बढेको छ। फरार कैदीबन्दीहरू समाजमा खुलेआम हिँड्दा वा विदेश भाग्ने जोखिमले जनजीवन त्रसित बनेको छ।
यसैलाई आधार मान्दै यूएईसहितका खाडी राष्ट्रहरुले नेपालीलाई भिसा दिन कडाइ गरेका छन् ।