search logo
NOTIFICATIONS

नवनियुक्त सामान्य प्रशासन मन्त्रीको सपथग्रहण र पदभार

हाम्रो पेज

३२ असार २०८२, बुधबार १९:२७

काठमाडौं, ३२ अषाढ । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री मन्त्री भगवती न्यौपानेले शपथ ग्रहण गर्नुभएको छ । बुधबार शीतल निवासमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई शपथ ग्रहण गराउनु भएको हो । उहाँले शपथ पछि कार्यभार पनि सम्हालनु भएको छ। घुस डिलको अडिओ प्रकरणपछि प्रधानमन्त्रीको निर्देशनमा राजकुमार गुप्ताले पदबाट राजीनामा दिएपछि न्यौपान मन्त्री नियुक्त हुनु भएको हो । मन्त्री न्यौपाने राष्ट्रिय सभा सदस्य हुनुहुन्छ । तनहुँकी न्यौपानेको राष्ट्रिय सभा सदस्य पद ६ वर्षे कार्यकाल पुरा गरेर आगामी फागुनमा सकिँदैछ । राष्ट्रिय सभामा एमालेको प्रमुख सचेतक रहनु भएकी न्यौपाने २०७४ को स्थानीय निर्वाचनमा तनहुँको भानु नगरपालिकाको मेयरमा पराजित बन्नुभएको थियो । उहाँ त्यसवेला ९ हजार ६४ मत पाएपनि कांग्रेसका उदयराज गौलीसँग पराजित हुनु भएको थियो । २०७६ मा भने उहाँ राष्ट्रियसभामा निर्वाचित हुनु भएको थियो ।