एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

हाम्रो पेज

१६ चैत्र २०८२, सोमबार १२:३८

काठमाडौं १६, चैत । लुम्बिनी प्रदेश  सांसद रेखा शर्मा पक्राउ परेकी छिन्। एमालेबाट निर्वाचित उनी आइतबार राति काठमाडौंको धुम्बराहीबाट पक्राउ परेकी हुन् । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको कार्यालय प्रमुख एवं प्रहरी वरिष्ठ उपरिक्षक सन्तोष खड्काले बताउनुभयो । उनीमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुर गरेको आरोप छ । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिले उद्धार गरेको थियो । ती बालिकाबारे तत्कालीन तत्कालीन काठमाडौं महानगरपालिका मेयर तथा वर्तमान प्रधानमन्त्री बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा सरी नानु तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ भनेर लेख्नु भएको थियो । साथै उहाँले यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नुपर्छु भन्ने पनि उल्लेख गर्नु भएको थियो । २०८१ जेठ १४ गते काठमाडौँ महानगरपालिकाले बालुवाटारस्थित एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा शर्माको घरबाट एक बालिकाको उद्धार गर्‍यो। दाङकी निम्न आर्थिक अवस्था भएकी परिवारकी ती बालिकालाई पढाइदिने भन्दै घरमा राखेर अत्यधिक काममा लगाउने गरेको गुनासोका आधारमा महानगरपालिकाले उद्धार गरेको थियो। र, प्रदेश सांसद शर्माविरुद्ध काठमाडौँ जिल्ला प्रहरी परिसरमा जाहेरी दियो। तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारको दबाबमा उनीविरुद्ध मुद्दा नचलाउने निर्णय भयो। जतिबेला अहिलेका प्रधानमन्त्री बालेन्द्र शाह बालेन काठमाडौँ महानगरपालिकाका मेयर हुनुहुन्थ्यो ।