हाम्रो पेज
काठमाडौं,२६ मंसिर । नेपाली सेनामा ३ सय ८८ जनाको लागि रोजगारी खुलेको छ । नेपाली सेनाले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै रोजगारी खुलेको बताएको हो । सेनामा रिक्त रहेका प्राविधिक, हवाई र विविध सेवा तर्फका पदिक तथा बिल्लादार पदहरू खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको छ । खुल्लातर्फ २ सय ५, महिला ३१, आदिवासी जनजाती ५३, मधेसी ४४, दलित २८ र पिछडिएको क्षेत्रका ७ जना माग गरिएको छ । मंसिर २६ गतेदेखि पुस २६ गतेसम्म र दोब्बर दस्तुर बुझाई मिति पुस २७ गतेदेखि माघ ३ गतेसम्म आवेदन दिनुपर्ने सेनाले जनाएको छ । प्रासुको ४ हजार, प्रा।जम। र लेखाको ३ हजार, पण्डित सुद्धा बै ट्रेडका प्राअम र अमल्दार कर्मचारीको २ हार दशतुर शुल्क रहेको छ । मंसिर २६ गतेसम्म १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने पर्ने सेनाले जनाएको छ । योग्यता पुगेका नेपाली नागरिकहरूले नेपाली सेनाको आधिकारिक वेबसाइट वा भर्ना छनौट निर्देशनालयको पोर्टल बाट अनलाइन दरखास्त फाराम भर्नुपर्नेछ। अनलाइन फाराम भरिसकेपछि सोको प्रिन्ट प्रतिसहित स्वयं उपस्थित भई नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र, सानो भऱ्याङ, स्वयम्भूमा रु १० को टिकट टाँसी दरखास्त पेस गर्नुपर्नेछ। दरखास्त बुझाउने समयावधि २०८२ मङ्सिर २६ गतेदेखि पुस २६ गतेसम्म तोकिएको छ। यदि कोही ढिलो भएमा दोब्बर दस्तुर बुझाएर २०८२ पुस २७ गतेदेखि माघ ३ गतेसम्म ९थप ७ दिन० कार्यालय समयभित्र दरखास्त पेस गर्न सकिनेछ। यदि एकल वा दोब्बर दस्तुर बुझाउने अन्तिम मितिको दिन सार्वजनिक बिदा परेमा सो भन्दा पछाडिको कार्यालय खुल्ने दिनमा कार्यालय समयभित्र राजस्व बुझाई दर्ता गर्न सकिने व्यवस्था गरिएको छ। दरखास्त दस्तुर भने नेपाल बैंक लिमिटेडको खाता नम्बर ००१०१००००००००१००१००१ ९कार्यालय कोड ३४५०१३५१३ र राजश्व शीर्षक नं। १४२२४, परीक्षा शुल्क० मा जम्मा गरी त्यसको सक्कलै भौचर तथा एक प्रतिलिपि अनलाइन फारामसँगै पेस गर्नुपर्नेछ। एउटै विज्ञापनमा एकभन्दा बढी समूहमा दरखास्त दिइएमा प्रत्येक समूहका लागि २०५ का दरले थप दस्तुर लाग्नेछ।
