search logo
NOTIFICATIONS

एक दिवसीय क्रिकेटमा सन्दीप लामिछानेले पूरा गरे १५० विकेट, तोडियो रेकर्ड

हाम्रो पेज

४ जेष्ठ २०८३, सोमबार १२:५४
सन्दीपले बनाए सर्वाधिक छिटो १५० विकेट लिने विश्व रेकर्ड


काठमाडौं, ४ जेष्ठ । नेपाली लेग स्पिन सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा १५० विकेट पूरा गरेका छन् । उनले ७३ खेलमा १५० विकेट लिँदै सर्वाधिक छिटो विकेट लिने खेलाडीको रेकर्ड बनाएका हुन् । सोमबार त्रिवि मैदानमा स्कटल्यान्डको दुई विकेट लिँदै सन्दीपले यो कोशेढुंगा पूरा गरेका हुन् । २३ ओभरको समाप्तिमा अहिले स्कटल्यान्ड पाँच विकेटको क्षतिमा १३२ रन बनाएर खेलिरहेको छ । नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिँदा दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एकएक विकेट हात पारेका छन् । लामिछानेले एकदिवसीय अन्तर्राष्ट्रिय ओडीआई क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने नयाँ विश्व कीर्तिमान कायम गरेका हुन्। उनले अस्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कको नाममा रहेको वर्षौँ पुरानो रेकर्ड तोड्दै विश्व क्रिकेटमा नेपालको नाम लेखाएका हुन्। सन्दीपले केवल ७३ ओडीआई खेल खेल्दै १५० विकेटको आँकडा पूरा गरेका हुन्। यसअघि यो कीर्तिमान अस्ट्रेलियाका स्टार बलर मिचेल स्टार्कको नाममा थियो, जसले ७७ खेलमा १५० विकेट लिएका थिए। स्टार्कको भन्दा ४ खेल कम खेल्दै सन्दीपले यो जादुमयी सफलता आफ्नो नाममा लेखाउन सफल भएका हुन्। नेपाली क्रिकेट इतिहासकै यो अर्को सबैभन्दा ठूलो र ऐतिहासिक उपलब्धि हो। एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो विकेटको शतक ९१०० विकेट० पूरा गर्ने कीर्तिमान पनि सन्दीपकै नाममा सुरक्षित छ। उनले सन् २०२३ को अप्रिलमा ओमानविरुद्धको खेलका क्रममा आफ्नो ४२औँ खेल खेल्दै १०० ओडीआई विकेट पूरा गरेका थिए। त्यसअघि उक्त कीर्तिमान अफगानिस्तानका स्पिनर राशिद खानको नाममा थियो। राशिदले ४४ खेलमा १०० विकेट लिएको रेकर्डलाई सन्दीपले ४२ खेलमै भङ्ग गरेका थिए। १०० विकेटपछि १५० विकेटको दौडमा पनि विश्वका दिग्गज बलरलाई पछि पार्दै सन्दीपले नेपाली क्रिकेटलाई वैश्विक मञ्चमा नयाँ उचाइ दिएका छन्।