
काठमाडौं, २५ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धानका लागि देउवा र आरजु राणाविरुद्ध पक्राउ अनुमति मागेको थियो । सोही आधारमा जिल्ला अदातल काठमाडौंले देउवा दम्पतीविरुद्ध पक्राउ अनुमति दिएको हो । हाल देउवा दम्पती हङकङमा हुनुहुन्छ । चैत १३ मा बनेको बालेन शाह नेतृत्वको नयाँ सरकारले पूर्वप्रधानमन्त्रीहरुको सम्पत्ति छानबिन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार पहिलो चरणमा देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो। भदौ २४ मा भएको जेनजी प्रदर्शनमा बूढानिलकण्ठस्थित देउवा निवास नै जलेको थियो । हाल सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वमन्त्री दिपक खड्का तथा व्यवसायी दिपक भट्ट, शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल र छोरा शुलभ अग्रवालमाथि अनुसन्धान थालेको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक भने आयोगको प्रतिवेदनका आधार पक्राउ परेर हाल थुनामा रहनु भएको छ ।