NOTIFICATIONS
हाम्रो पेज


उहाँले प्रदेश सरकारले पनि पत्रकार महासंघसँगको सहकार्यमा पत्रकारिता क्षेत्रको उनन्नयका लागि गम्भिरतापूर्वक लागेको बताउनुभयो । पुरस्कार वितरण कार्यक्रममा प्रेस चौतारी नेपालका संस्थापक उपाध्यक्ष यज्ञ शर्मा, केन्द्रीय सचिव विक्रम लुइँटेल, मोरङ इन्चार्ज सुमन सुस्केरा, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमोद अधिकारी, प्रेस चौतारी मोरङ अध्यक्ष चीना थापा लगायतले बोल्नु भएको थियो । विराटनगरका व्यवसायी कृष्णप्रसाद सिग्देलको स्मृतिमा प्रेस चौतारी मोरङले २०७१ सालमा स्थापना गरेको सो पुरस्कार हरेक वर्ष माघ २२ गते वितरण हुँदै आएको छ ।
