विमान दुर्घटनामा महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन

हाम्रो पेज

१४ माघ २०८२, बुधबार १०:५८

एजेन्सी, १३ माघ । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको निधन भएको छ। उनी ६६ वर्षका थिए। बुधबार बिहान ८स्४५ बजे बारामतीमा उनको विमान दुर्घटनाग्रस्त भएको थियो। भारतीय संचारमाध्यामहरुका अनुशार प्रारम्भिक जानकारी अनुसार बारामती विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटना भएको हो। विमानमा अजित पवारका निजी सहायक, सुरक्षाकर्मी र उडान परिचारिकासहित पाँच जनाको मृत्यु भएको छ। अहिलेसम्म प्राप्त जानकारी अनुसार, पवारले चार्टर्ड विमानबाट मुम्बईबाट बारामती यात्रा गरेका थिए। अवतरणको क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएको थियो। नागरिक उड्डयन महानिर्देशनालय डीजीसीएले दुर्घटनामा पाँच जनाको मृत्यु भएको पुष्टि गरेको छ। केही समय अघि मात्र छ जनाको मृत्यु भएको रिपोर्ट आएको थियो। अजित पवार महाराष्ट्र पञ्चायत चुनावको लागि चार र्‍यालीहरूलाई सम्बोधन गर्न बारामती जाँदै थिए। शरद पवार र सुप्रिया सुले भने दिल्लीमा थिए।