धरानमा स्कुल बस ब्रेक फेल भएर दुर्घटना हुँदा ५ जनाको मृत्यु

हाम्रो पेज

४ माघ २०८२, आईतवार १८:३७

धरान,४ माघ । सुनसरीको धरानमा ब्रेक फेल भएर बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जनकपुरबाट धनकुटाको भेडेटार शैक्षिक भ्रमणमा आएको बस धरानमा दुर्घटनामा हुँदा ५ जनाको मृत्यु भएको हो ।भेडेटारबाट धरान तर्फ आउँदै गरेको बस ब्रेक फेल भएर घरमा जोतिँदा घरमा बसेका स्थानीयको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भई नसकेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक भीषणबहादुर राईले बताए । दुर्घटनामा परि घाइते भएका ९ मध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ । उनीहरूलाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको छ । बस ठोक्किएको घरमा मेडिकल समेत रहेको छ । मेडिकल भएका कारण स्थानीय त्यहाँ चेकजाँच गराउन आएको हुन सक्ने प्रहरीले जनाएको छ ।