नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित २ जना पक्राउ

हाम्रो पेज

१७ मंसिर २०८२, बुधबार १५:०५

काठमाडौं, १६ मंसिर । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशनक मुरारी भण्डारीलाई अख्तियारले नियन्त्रणमा लिएको छ। बुधबार उनीहरूको तारेख थियो। तारेखका लागि उपस्थित भएका दुवै जनालाई अख्तियारले नियन्त्रणमा लिएर विशेष अदालतमा उपस्थित गराएको छ। विशेष अदालतका उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार ६ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा पेस भएको छ। ‘दुई जना पक्राउ हुनुहुन्छ। अरू फरार छन्। भ्रष्टाचारको मुद्दा पेस भएको छ। ६ जना र एउटा संस्था विरूद्ध मुद्दा आएको छ,’ उहाँले भन्नु भएको छ। प्राधिकरणले भक्तपुरको नलिन्चोकस्थित आफ्नो स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा हेलिप्याड बनाउँदा वातावरणीय प्रभाव मूल्यांकन नगरी अनियमितता गरेको उजुरीमा उल्लेख छ । उक्त हेलिप्याडको उद्घाटन २०८१ असारमा तत्कालीन पर्यटनमन्त्री हितबहादुर तामाङ र प्रदीप अधिकारीले गर्नुभएको थियो ।