कांग्रेसको महाधिवेशन पुसमा, कुन अधिवेशन कहिले ?

हाम्रो पेज

१५ मंसिर २०८२, सोमबार १६:२७

काठमाडौं, १५ मंसिर । अन्ततः नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ गते सम्म १५ औं महाधिवेशन गर्ने निर्णय गरेको छ । डेढ महिनासम्म चलेको बैठकको बिट मार्दै कांग्रेसले सोमबार १५औँ महाधिवेशन गर्ने निर्णय गरेको हो । यसका लागि २० मंसिरभित्र क्रियाशील सदस्यताको फाराम पठाएर ५ पुसभित्र सदस्यता टुंग्याइसक्ने निर्णय कांग्रेसको छ । तालिकाअनुसार गाउँरनगररवडा अधिवेशन २०८२ पुस १६ गते, गाउँरनगरपालिका अधिवेशनः १७ पुस २०८२, प्रदेशसभा क्षेत्रीय अधिवेशन १९ पुस, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन ९एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २१ पुस २०८२ मा गर्ने उल्लेख छ । एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २२ पुस २०८२, प्रदेश अधिवेशन २४, २५ र २६ पुससम्म गर्ने र केन्द्रीय महाधिवेशन २६, २७ र २८ पुसमा काठमाडौंमा गर्ने निर्णय कांग्रेसले गरेको हो । सो कार्यतालिका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा पेस गर्नुभएको हो ।
यस्तो छ तालिका

–नयाँ क्रियाशील सदस्यता वितरण गर्दा समावेशीता नवयुवा पुस्ता अन्य पार्टीबाट आएका नवप्रवेशीलाई समेत क्रियाशील सदस्यता दिने व्यवस्था ।

–विदेशस्थित जनसम्पर्क समितको अधिवेशन पुस १५ ।

–गाउँ नगर र वडा अधिवेशन पुस १६ गते ।

–गाउँ नगरपालिका अधिवेशन पुस १७ गते ।

–प्रदेश सभा क्षेत्रीय अधिवेशन पुस १९ गते ।

–प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पुस २१ गते ।

–एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते ।

–प्रदेश अधिवेशन २३ र २४ गते ।

महाधिवेशन पुस २६, २७ र २८ गते ।