विराटनगरमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

हाम्रो पेज

२५ कार्तिक २०८२, मंगलवार १९:०२

विराटनगर, २५ कार्तिक । विराटनगरको बरगाछीमा आज साँझ भएको सवारी दुर्घटनामा एम महिलाको मृत्यु भएको छ । भारतीय नम्बरको ट्रकको ठक्करबाट सर्लाही हरिपुर १ बस्ने ४५ बर्षिया रोहिता अधिकारी  कोइरालाको  ज्यान गएको मोरङ प्रहरीले जनाएको छ । सर्लाहीबाट श्रीमान् विमल कोइरालासँग विराटनगर आउनेक्रममा भारतीय नम्बरको ट्रकसँग ठोक्किएर दुर्घटना हुँदा  अधिकारीको मृत्यु भएको हो । प्रहरीका अनुसार कञ्चनबारीबाट दक्षिणतर्फ आउँदै गरेको डब्लूबी ५९ सी ०२४८ नम्बर भारतीय ट्रकले सोही दिशातर्फ आउँदै गरेको प्रदेश २–०३–०११ प ४३४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते रोहिताको कोशी अस्पतालमा मृत्यु भएको हो । घाइते श्रीमान्को भने कोशी अस्पतालमा उपचार भईरहेको मोरङ प्रहरीले जनाएको छ । ट्रकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।