बालेनविरुद्ध साइबर व्युरोमा युवा संघको जाहेरी

हाम्रो पेज

२० कार्तिक २०८२, बिहीबार १८:००

काठमाडौं, २० कार्तिक । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध एमालेनिकट युवा संघले साइबर व्युरोमा उजुरी दिएको छ । बालेनले लेखेको एउटा स्टाटसलाई लिएर उजुरीसहित उपाध्यक्ष महाराज गुरुङसहितका युवा संघका नेता कार्यकर्ता ब्युरो पुगेका हुन् । उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै युवा संघले बालेनलाई विद्युतीय अपराध अन्तर्गत कारबाही गर्न माग गरेको छ । १६ कात्तिकमा नेकपा एमालेलगायतका दलहरूलाई गाली गरी सामाजिक सद्भावमा खलल पुर्‍याउन खोजेको आरोप लगाइएको छ । शाहले फेसबुक अकाउन्ट र पेजबाट जारी गरेको सन्देशमा विदेश मित्रराष्ट्रहरूलाई पनि गाली गरेको हुँदा वैदेशिक सम्बन्धमा समेत खलल पुग्ने हुँदा कानुनअनुसार कारबाहीको माग गरिएको छ । यसका साथै शाहलाई तत्काल पक्राउ गर्न र राहदानी रोक्का राख्नसमेत माग गरिएको छ । बालेनले दुई दिनअघि मध्यरातमा अश्लील शब्द प्रयोग गर्दै स्टाटस लेख्नु भएको थियो । उहाँले केहीबेरमा स्टाटस हटाए पनि त्यसको स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भएको थियो ।