हाम्रो पेज
काठमाडौं, २९ आश्विन । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि आज पहिलो पटक राजनीतिक दलहरूसँग छलफल गरेको छ । आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने तथा गत निर्वाचनका कम्तीमा एक वडा सदस्यसम्म विजय हासिल गर्ने राजनीतिक दललाई आसन्न निर्वाचनको तयारीको छलफलमा आउन पत्राचार गरेको थियो । छलफलमा नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा, नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपाध्यक्ष गुरु बराल, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सचिवालय सदस्य देव गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का महासचिव कवीन्द्र बुर्लाकोटी, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेलगायत अन्य दलका प्रतिनिधि छन् । छलफलमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन घोषणा भई तयारी सुरु भएको अवस्थामा निर्वाचनको वातावरण सृजना गरी सक्रिय हुन दललाई आग्रह गर्नुभएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचनको मिति घोषणा भएको छ । निर्वाचन आयोगले चुनावको तयारी गरिरहँदा दलहरुले भने तोकिएको समयमा चुनाव हुनेमा आशंका गरिरहेका छन् । नेकपा एमालेले यो सरकारले चुनाव नै नगराउने दाबी गर्दै सरकारको बर्हिगमन र संसद संसद पुनस्र्थापनाको माग गरिरहेको छ । काँग्रेस, माओवादी, राप्रपा, रास्वपा लगायत अन्य दलहरुले भने चुनावका लागि शान्तिसुरक्षामा केही आशंका गरेपनि चुनावमा भाग लिने बताउदै आएका छन् ।