search logo
NOTIFICATIONS

नवरात्रको तेस्रो दिन, आज देवी चन्द्रघण्टाको पुजा आराधना गरिंदै

हाम्रो पेज

८ आश्विन २०८२, बुधबार ०७:५०
विराटनगर, ८ अशोज । बडादशैं अर्थात् नवरात्रको तेस्रो दिन आज शक्तिस्वरुपा देवी चन्द्रघण्टाको पूजा आराधना गरिंदैछ । बडादशैंको पहिलो दिन घटस्थापना गरी देवी दुर्गाको कलश स्थापनासँगै नवरात्रको शुभारम्भ हुन्छ ।

दोस्रो दिन ब्रह्मचारिणी देवीको पुजा आराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टाको पूजा गरिंदैछ । देवी चन्द्रघण्ट शान्ति, समृद्धि र साहसको प्रतीक मानिन्छिन् । उनी सिहाँसनीमा आरूढ भई, टाउकामा घण्टाजस्तै आकारको अर्धचन्द्र धारण गरेकी स्वरूपमा चित्रण गरिन्छिन् । धार्मिक विश्वासअनुसार, देवी चन्द्रघण्टाको आराधनाले भक्तजनको जीवनमा साहस, आत्मबल र सुसंस्कृति प्राप्त हुने विश्वास गरिन्छ । विशेषगरी यसदिन दुर्गा मन्दिर, शक्तिपीठ र घर–घरमा विधिपूर्वक पूजापाठ गरिन्छ । भक्तजनले उपवास बसेर देवीलाई दूध, फलफूल र मिठाइ अर्पण गर्ने परम्परा छ ।

प्रतिपदादेखि पूर्णिमासम्म शक्ति स्वरुपा दुर्गा भवानीलाई प्रत्येक दिन फरक–फरक रुपमा आराधना गर्ने परम्परा छ । धार्मिक विद्वान्हरूका अनुसार देवी चन्द्रघण्टको कृपाले असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजय हुन्छ भन्ने विश्वास रहिआएको छ । त्यसैले दशैंलाई असत्यमाथि सत्यको विजयका रुपमा पनि हेरिन्छ ।