
काठमाडौं, ६ आश्विन । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त चार मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। यससँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वमा रहेको अन्तरिम मन्त्रिपरिषद् ८ सदस्यीय बनेको छ। प्रधानमन्त्री सुशीला कार्कीज्यूको सिफारिसमा राष्ट्रपति पौडेलले अनिलकुमार सिन्हा, डा मदन परियार, महावीर पुन र जगदीश खरेललाई मन्त्री पदमा नियुक्त गर्नुभएको हो।
नवनियुक्त मन्त्रीज्यूहरूको कार्यभार यस प्रकार रहेको छः
अनिलकुमार सिन्हाः उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय।
डा. मदन परियारः कृषि तथा पशुपन्छी विकास मन्त्रालय।
महावीर पुनः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय।
जगदीश खरेलः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय।
चार जना मन्त्रीहरू थपिएसँगै प्रधानमन्त्री सुशीला कार्कीज्यूको नेतृत्वमा रहेको मन्त्रिपरिषद् अब ८ सदस्यीय भएको छ। यसैगरी, मन्त्रालयको जिम्मेवारीमा केही हेरफेर पनि गरिएको छ। यसअघि अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका रामेश्वर खनाललाई अब सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी प्रदान गरिएको छ। प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारमा मन्त्रीहरूको वरीयता क्रम यस प्रकार निर्धारण गरिएको छ
रामेश्वर खनालः अर्थ मन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालय।
कुलमान घिसिङः ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, र सहरी विकास मन्त्रालय।
ओमप्रकाश अर्यालः गृह मन्त्रालय।
अनिलकुमार सिन्हाः उद्योग वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला, र भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्रालय।
महावीर पुनः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय।
डा मदन परियारः कृषि तथा पशुपन्छी विकास मन्त्रालय।
जगदीश खरेलः सञ्चार तथा सूचना प्रविधि मन्त्रालय।
यस पुनर्गठनले सरकारलाई थप ऊर्जावान् र प्रभावकारी बनाउने विश्वास गरिएको छ। प्रधानमन्त्री कार्कीले आफ्नो परिषद् ११ सदस्यीय बनाउने बताउँदै आउनु भएको छ ।