हाम्रो पेज


स्वास्थ्य मन्त्रालयका अनुसार, देशभरका १३ वटा अस्पतालमा ३४७ जना घाइतेको उपचार भइरहेको छ। जेनजी प्रदर्शनमा भएको व्यापक दमन र मानवीय क्षतिका कारण गृहमन्त्रीमाथि चौतर्फी दबाब परेको थियो। नेपाली कांग्रेसभित्रैबाट पनि उहाँको राजीनामाको माग उठेको थियो। कांग्रेस पदाधिकारी बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्ने सशक्त माग राख्नु भएको थियो । सभापति शेरबहादुर देउवा यस विषयमा मौन रहे पनि गृहमन्त्री लेखकले बैठकबाटै राजीनामा दिने जानकारी गराएर मन्त्रिपरिषद् बैठकमा गएको स्रोतले बताएको छ। रमेश लेखक २०८१ साल असार ३१ गते गृहमन्त्री बन्नु भएको थियो । भिजिट भिसामा लामो समयदेखि प्रतिपक्ष रास्वपाले राजीनामा माग गर्दा समेत मौन रहेका उहाँको कार्यकालमा जेनजी आन्दोलनले उग्र रूप लिएको थियो, जसमा सरकारले अपनाएको कठोर नीतिका कारण ठूलो संख्यामा मानवीय क्षति भएको छ। यस घटनाले सरकारको आलोचना चुलिएको छ भने गृहमन्त्रीको राजीनामालाई दबाब व्यवस्थापनको रणनीतिका रूपमा हेरिएको छ। तर प्रधानमन्त्री केपी शर्मा ओलीको समत राजीनामा माग भइरहेको छ। सबैजसो प्रतिपक्ष दलहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।