
काठमाडौं, १७ भाद्र । नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरहरूका लागि मेटाको कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ। कम्पनीले प्रयोगकर्ताहरूलाई यो सेवा आधिकारिक रूपमा नेपालमा सुरु भएको जानकारी दिन थालेको हो। मेटाले आफ्नो जवाफमा भनेको छ, “हो, नेपाली कन्टेन्ट क्रिएटरले फेसबुकको कन्टेन्ट मनिटाइजेसनबाट प्राप्त हुने रकमका लागि आफ्नो स्थानीय बैंक खाता प्रयोग गर्न सक्छन्। किनभने मेटाले यो सुविधा आधिकारिक रूपमा सुरु गरेको छ र नेपाली बैंक खातामा सिधै भुक्तानी पठाउन थालेको छ।” यससँगै अब फेसबुकको मनिटाइजेसनका लागि योग्य भएका नेपाली प्रयोगकर्ताले आफ्नो कमाइ सिधै नेपालको बैंक खातामा प्राप्त गर्न सक्नेछन्। यसका लागि प्रयोगकर्ताले आफ्नो पेआउट अकाउन्ट सेटअप गर्दा देशमा ‘नेपाल’ छनोट गरी आफ्नो बैंक खाताको विवरण भर्नुपर्नेछ। “यसअघि पनि केही नेपाली फेसबुक कन्टेन्ट क्रिएटरले विभिन्न माध्यमबाट नेपाली बैंक खाता लिङ्क गरेर आम्दानी गर्दै आएका थिए,” अर्यालले भने, “तर अब कम्पनीले नै औपचारिक रूपमा यो सेवा सुरु गरेपछि प्रक्रिया निकै सजिलो र आधिकारिक भएको छ। अब ढुक्क भएर नेपाली बैंक खाता लिङ्क गरी आम्दानी गर्न सकिन्छ।” कन्टेन्ट मनिटाइजेसनभन्दा अगाडि फेसबुकले सीमित क्षेत्रका क्रिएटरलाई तीन ओटा कार्यक्रम अन्तर्गत भुक्तानी दिने गरेको थियो। पहिलो ‘इनस्ट्रिम एड्स’ हो। यो भनेको लामो भिडिओमा देखिने विज्ञापन हो। दोस्रो ‘एड्स अन रिल्स’ हो। अर्थात् रिल्समा विज्ञापन देखाएबापत भुक्तानी दिने। र, तेस्रो हो ‘पर्फमेन्स बोनस’ । यो भनेको भिडिओ, फोटो र टेक्स्ट पोस्टका आधारमा फेसबुकले बोनस मार्फत पठाउने रकम हो। ३१ अगस्टदेखि मेटाले इनस्ट्रिम एड्स र एड्स अन रिल्सलाई सदाका लागि विस्थापित गरेको छ। अर्थात् यसअघि सुरु भएका तीनवटै मनिटाइजेसन कार्यक्रम अब ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’ अन्तर्गत पर्नेछन्। मेटाले प्रत्यक्ष रूपमा यो मापदण्ड पूरा गर्ने प्रयोगकर्तालाई कन्टेन्ट मनिटाइजेसनमा राख्ने भन्ने निर्णय गरिसकेको छैन। अहिलेलाई मेटाले योग्य क्रिएटरलाई आफैं छनोट गरिरहेको छ, जसलाई ‘इन्भाइट ओन्ली’ भनिएको छ। मेटाबाट यस्तो इन्भिटेसन पाउने क्रिएटरले मेटा बिजनेस सुइट र प्रोफेसनल ड्याशबोर्डबाट पेआउट सेटअप गर्न सक्नेछन्। यतिबेलासम्म पनि इन्भिटेसन नपाएका प्रयोगकर्ताले भने यहाँ क्लिक गरेर अनुरोध गर्न सक्नेछन्।
यसरी कन्टेन्ट मनिटाइजेसनका लागि योग्य क्रिएटरले पेआउट सेटअप गर्न सक्छन्। त्यस्तै क्रिएटरले पार्टनर मनिटाइजेसन पोलिसी र कन्टेन्ट मनिटाइजेसन पोलिसी पूर्ण रूपमा पालना गरेको हुनुपर्छ। यसरी कुनै पनि नीति उल्लंघन नगरी निरन्तर सञ्चालन गर्दै आइरहेका क्रिएटरलाई मेटाले रकम उपलब्ध गराउँछ। क्रिएटरले राख्ने भिडिओ, रिल्स, स्टोरी र टेक्स्ट फोटोका आधारमा मेटाले कति रकम दिने भन्ने निर्धारण गर्छ। भिडिओबाट आम्दानी गर्नका लागि भने उक्त भिडिओ कम्तिमा पनि १५ सेकेन्डको हुनुपर्छ। कपीराइट लाग्यो, ब्रान्डेड कन्टेन्टमा पर्यो, अयोग्य भाषामा पर्यो, कन्टेन्ट डिलिट भयो, क्रिएटरले एड्स डिसेबल गरेको छ, अनाधिकृत तरिकाले इन्गेजमेन्ट बढाएको छ भने त्यस्ता पेजले रकम कमाउन नसक्ने फेसबुकले स्पष्ट पारेको छ। अरुको कन्टेन्ट राखिएको छ र त्यसमा तेस्रो पक्षले दाबी गरेको छ भने पनि त्यस्तोमा पोस्टबाट हुने आम्दानी तेस्रो पक्षले दाबी गर्न पाउँछ। नेपाल सरकारले फेसबुक लगायतका सञ्जालहरू बन्द गर्ने चेतावनी दिएसँगै “मेटाले नेपाललाई आधिकारिक रूपमा फेसबुक मनिटाइजेसनमा राख्यो।” लामो प्रतीक्षा र अनेकौं अनुमानपछि अन्ततः मेटा ९फेसबुकको मूल कम्पनी० ले आफ्नो आधिकारिक वेबसाइटमा नेपाललाई मनिटाइजेसन योग्य देशको सूचीमा राखेको छ। यससँगै अब नेपाली कन्टेन्ट क्रिएटरले नेपालमै बसेर कानुनी र आधिकारिक रूपमा फेसबुकबाट आम्दानी गर्ने अवसर पाएका छन्।
के बदलिन्छ ?
अब नेपालमा बसेर पनि फेसबुक रिल्स, एड्स र अन्य कन्टेन्ट मनिटाइजेसन सुविधाहरूबाट आम्दानी गर्न सकिनेछ।
क्रिएटरहरूले अब बाहिरी देशका बैंक खाता प्रयोग गर्नुपर्ने बाध्यता हट्नेछ।
आफ्नो प्रोफेशनल ड्यासबोर्ड प्रयोग गरेर सीधै नेपालबाट नै आय संकलन गर्न सकिनेछ।
यसको अर्थ नेपाली क्रिएटरका लागि के ?
नेपालका हजारौं क्रिएटर र पेज ओनरलाई आफ्नो सिर्जनशीलता र परिश्रमलाई प्रत्यक्ष आम्दानीमा रूपान्तरण गर्ने सुनौलो अवसर।
युट्युब जस्तै फेसबुक पनि नेपालमा स्थायी आम्दानीको प्लेटफर्म बन्ने।
लाखौं युवालाई नयाँ रोजगार र उद्यमशीलताको मार्ग खुल्ने। सामाजिक सञ्जालमा क्रिएटरहरूले यसलाई “गेम चेन्जर मोमेन्ट” भनेर प्रतिक्रिया दिइरहेका छन्। “अब भीपीएन प्रयोग गर्न पर्दैन, नेपालमै बसेर कमाउन पाउने भयो, यो त ऐतिहासिक उपलब्धि हो,” धेरैले लेखेका छन्।
अब के गर्ने ?
क्रिएटरहरूले आफ्नो पेजरअकाउन्टलाई प्रोफेशनल मोडमा रूपान्तरण गर्ने।
फेसबुकले तोकेको योग्यता मापदण्ड फलोअर्स, इन्गेजमेन्ट, कन्टेन्ट गाइडलाइन पूरा गर्ने।
एक अर्कालाई सपोर्ट र इन्गेजमेन्ट गरेर नेपालमा पनि डिजिटल अर्थतन्त्रलाई बलियो बनाउन योगदान दिने।मेटाले नेपाललाई आधिकारिक रूपमा मनिटाइजेसनमा समावेश गर्नु भनेको अब नेपाली डिजिटल इकोनोमीको नयाँ अध्याय सुरु हुनु हो। युवाले सिर्जनशीलता, सूचना र मनोरञ्जनलाई विश्वव्यापी स्तरमा पुर्याएर प्रत्यक्ष आम्दानी गर्न सक्ने बाटो खुलेको छ।