NOTIFICATIONS
हाम्रो पेज
विराटनगर, १४ भदौ । फोटो ग्राफर संघ मोरङले शनिवार विराटनगरमा रक्तदान कार्यक्रमको गरेको छ ।
स्थानीय जनआन्दोलन चोकमा आयोजित रक्तदान कार्यक्रममा ३५ पिन्ट रगत संकलन भएको संघका मोरङ अध्यक्ष पुरन राईले जानकानरी दिनुभयो । रक्तदाता सवैलाई संघका अध्यक्ष राईले प्रशंसा पत्र प्रदान गर्नुभयो । रक्तदान कार्यक्रममा स्थानीय तथा फोटोग्राफरले रक्तदान गरेका थिए । रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत अभावलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको अध्यक्ष राईले जानकारी दिनुभयो ।रगत नपाएर अकालमा कसैको पनि ज्यान नजाओस भनेर ‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम गरिएको अध्यक्ष राईले बताउनुभयो ।