search logo
NOTIFICATIONS

प्रेस चौतारी विराटनगर महानगरमा ढुंगाना

हाम्रो पेज

३० श्रावण २०८२, शुक्रबार २१:५५
विराटनगर, ३० श्रावण । प्रेस चौतारी नेपाल विराटनगर महानगर कमिटिको अध्यक्षमा निशान्त ढुंगाना चयन हुनु भएको छ।

विराटनगरमा आज भएको भेलाले ढुंगानाको अध्यक्षतामा ७ सदस्यीय महानगर समिति गठन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा रश्मी थापा, सचिवमा रोशन पोखरेल, कोषाध्यक्षमा सम्झना कार्की रहनु भएको छ । यस्तै सदस्यहरूमा सुजाता राई, राम खत्री र काजल देव चयन हुनुभएको छ।
प्रेस चौतारी नेपाल मोरङकी अध्यक्ष चीना थापाको अध्यक्षता तथा प्रेस चौतारी नेपाल केन्द्रिय सचिव (प्रचार तथा प्रशिक्षण) विक्रम लुईटेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको अवसरमा एसईई परीक्षामा ४.० जिपीए प्राप्त गर्ने प्रेस चौतारी कोशी प्रदेश समिति सदस्य श्यामसुन्दर सुतिहारका सुपुत्र श्रेय शर्मालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा बोल्दै सचिव लुईँटेलले मेहनत गर्ने व्यक्तिहरुलाई पत्रकारिता पेशामा पनि अवसर रहेको बताउनुभयो । उहाँले पत्रकारिता पेशाबाट राम्रो गर्नेहरु धेरै रहेको बताउँदै खोजमूलक समाचारमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । ‘पत्रकारिता पेशामा जाँगर चलाउने, खोज्न सक्ने तथा विषयवस्तु बुझने र लेखन क्षमता राम्रो भएकाहरु पेशामा टिक्छन्’, उहाँले भन्नुभयो, टिक्नको लागि लेखन क्षमता बढाउँदै प्रमाणमा आधारित भएर समाचार लेख्न सक्नुपर्छ ।’
कार्यक्रममा प्रेस चौतारी कोशी अध्यक्ष सुमन पुरी, एमाले मोरङ उपसचिव तथा प्रचार विभाग प्रमुख सन्तोष बान्तवा, एमाले महानगर कमिटी सचिव विज्ञान शर्मा, नेपाल पत्रकार महासंघ मोरंगका उपाध्यक्ष सन्तोष सिग्देल, सचिव नेत्र पी अधिकारी लगायतको उपस्थिति थियो ।
यसैबीच, शुक्रबार नै बसेको प्रेस चौतारी मोरङको बैठकले २० जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गर्ने निर्णय गरेको छ । यससँगै मोरङको सदस्य संख्या १११ पुगेको अध्यक्ष थापाले जानकारी दिनुभयो । कार्य समिति बैठकले आगामी भदौ ३ गते विराटनगरमा तीज कार्यक्रम आयोजना गर्ने निर्णय पनि गरेको छ ।