हाम्रो पेज

यस्तै यसपटकको युवा उद्यमी सम्मानबाट ग्यालेक्सी सुज उद्योग विराटनगरका सञ्चालक चेतन निरौलालाई सम्मान गरिने भएको छ। निरौला हाल नेपाल घरेलु उद्योग महासंघ मोरङको अध्यक्ष हुनुहुन्छ।
यसैगरी प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आएको महिला उद्यमी सम्मानबाट यसपटक बराह हर्बल उद्योग विराटनगरकी सञ्चालक अम्बिता भण्डारी सम्मानित हुनुहुने भएको छ।
यसैगरी स्वर्गीय सिग्देलले अध्ययन गरेको सुनसरीको मधुवनस्थित जनता माध्यमिक विद्यालयका छात्रा पिंकीकुमारी स्वर्णकार र छात्र सुशीलकुमार खत्वेलाई नगदसहित कदर पत्र प्रदान गरिने प्रतिष्ठानकि अध्यक्ष सीता सिग्देलले जानकारी दिनुभयो ।
प्रतिष्ठानले हरेक बर्ष स्व. सिग्देल दिवंगत भएको दिन पारेर एकजना पत्रकार र बिद्यार्थीलाई पुरस्कार तथा एक-एक जना उद्यमी (महिला र पुरुष) लाई सम्मान गर्दै आएको छ । यसका अलावा सिग्देलले संचालन गरेको व्यवशायिक संस्था स्वस्तिका ट्रान्सपोर्ट प्रा. लि.का कर्मचारीको कर्मचारी कल्याण कोष र चालक कल्याण कोषलाई नगद क्रमश: ५१ हजार र २१ हजार तथा मजदुरहरुलाई कपडा वितरण गरिने अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । सबै पुरस्कार र सम्मान यही श्रावण २७ गते विराटनगरस्थित होटल रुबिजमा हुने कार्यक्रममा प्रदान गरिनेछ ।
विराटनगरका युवा व्यवसायी कृष्णप्रसाद सिग्देलको २०६६ साल श्रावण २७ गते काठमाडौँमा ४८ बर्षको उमेरमा हृदयघातका कारण निधन भएको थियो । त्यसयता उहाँको नाममा स्थापित प्रतिष्ठानले हरेक बर्ष बिभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ।