search logo
NOTIFICATIONS

एकै वर्षमा २३ सयभन्दा बढी प्रहरीले दिए राजीनामा, हजारौं पद रिक्त

हाम्रो पेज

११ श्रावण २०८२, आईतवार १९:००

काठमाडौँ ११ श्रावण । नेपाल प्रहरीमा जनशक्ति पलायनको दर भयावह बन्दै गएको छ। गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै २ हजार ३६९ जना प्रहरी कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। प्रहरी प्रधान कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक डीआईजी विनोद घिमिरेले उक्त तथ्यांक सार्वजनिक गर्नुभएको हो। उहाँका अनुसार, राजीनामा दिनेमा तल्लो दर्जादेखि वरिष्ठ अधिकृतसम्मका कर्मचारी रहेका छन् । सिनियर अधिकृत १९ जना, जुनियर अधिकृत असईदेखि वरिष्ठ सईसम्म ४०१ जना र तल्लो दर्जा हवल्दाररजवानमा १,९४९ जनाले राजीनामा दिएका छन् । यसका साथै, गत आर्थिक वर्षमा ५२३ जना प्रहरी कर्मचारीले उमेर हद र ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका छन्। राजीनामा र अनिवार्य अवकाशका कारण नेपाल प्रहरीमा हाल ४ हजार ७ सय ३५ दरबन्दी रिक्त रहेको छ, जसले देशभरको शान्ति सुरक्षा र दैनिक कार्य सम्पादनमा प्रत्यक्ष असर पार्ने देखिन्छ। पत्रकार सम्मेलनमा प्रवक्ता घिमिरेले प्रहरीको वित्तीय अवस्थाबारे पनि जानकारी गराउनुभयो। उहाँका अनुसार, गत आर्थिक वर्षमा प्रहरीका लागि विनियोजित कुल ५८ अर्ब ४० करोड ८८ लाख रुपैयाँ बजेटमध्ये ५६ अर्ब ३३ करोड २९ लाख रुपैयाँ ९६ दशमलव ४५ प्रतिशत खर्च भएको छ। २ अर्ब ७ करोड ५५ लाख रुपैयाँ भने खर्च हुन सकेन। उहाँले चालु आर्थिक वर्ष २०८१ /८२ का लागि नेपाल प्रहरीलाई ६० अर्ब ९५ करोड १३ लाख रुपैयाँ बजेट विनियोजन भएको पनि बताउनुभयो।