हाम्रो पेज
महोत्तरी, ९ श्रावण । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने घोषणा गर्नुभएको छ ।
हवाई उडानमार्फत आउँदै गर्दा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै उहाँले मधेस प्रदेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार भएका पक्षसँग छलफल तथा समन्वय गरी यथाशक्य छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीमा मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुल, मटिहानी नगरपालिका वडा नं ६ मा नवनिर्मित प्रसूतिगृह ,जनकपुर–कुुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल र बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नुभएको छ ।हवाई उडानमार्फत आउँदै गर्दा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै उहाँले मधेस प्रदेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको व्यवस्था गर्न सरोकार भएका पक्षसँग छलफल तथा समन्वय गरी यथाशक्य छिटो समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सम्बोधनका क्रममा उहाँले, ‘मधेस प्रदेशको पूर्वी भागमा रहेको सप्तरी जिल्ला कोशी नदीसँग जोडिएकाले त्यहाँ कम समस्या रहेको चर्चा गर्दै बाँकी सातवटै जिल्लामा पानीको समस्या समाधान गर्नका लागि सरकार जुटिसकेको छ,’ भन्नुभयो । प्रधानमन्त्री ओलीले मधेस प्रदेशलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेका सन्दर्भमा यस क्षेत्रका किसानसहित पानीको अभावका कारण प्रत्यक्ष रुपमा प्रभावित जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
