NOTIFICATIONS
हाम्रो पेज


पक्राउ पर्नेमा इनरुवा ८ का ३४ वर्षीय मोहम्मद सफरुल र कोशी गाउँपालिका ५ का ४८ वर्षीय अशोक कुमार यादव रहेका छन्। त्यसैगरी, सुनसरीकै अन्य दुई स्थानबाट पनि प्रहरीले लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी बर्गाछीको टोलीले सोही स्थानका २१ वर्षीय विश्व लिम्बुलाई ९३० चक्की नियन्त्रित औषधिसहित पक्राउ गरेको छ। अस्थायी प्रहरी चौकी अमरहाटले धनकुटाको साँगुरीगढी गाउँपालिका(४ का ३२ वर्षीय मनोज राईलाई ४ किलोग्राम गाँजासहित पक्राउ गरेको छ। यस्तै, झापाको बुद्धशान्ति गाउँपालिका ३ बाट इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले २२ वर्षीय साजन मगरलाई ६३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। पक्राउ परेका सबै पाँचै जनालाई सम्बन्धित प्रहरी कार्यालयमा राखी लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।