search logo
NOTIFICATIONS

मोरङको बुढीगंगा नहर किनारमा महिलाको शव फेला, पहिचानका लागि प्रहरीको अपिल

हाम्रो पेज

२९ असार २०८२, आईतवार १८:०३
विराटनगर, २९ अषाढ । मोरङको बुढीगंगा गाउँपालिकामा एक महिलाको शव बेवारिसे अवस्थामा फेला परेको छ। शनिबार गाउँपालिकाको वडा नं. ६ स्थित नहर किनारमा अन्दाजी ३० देखि ३५ वर्षकी महिलाको शव सडेको अवस्थामा फेला परेपछि प्रहरीले पहिचानका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरेको हो। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार, शव पूर्ण रूपमा सडेको अवस्थामा रहेकाले अनुहारबाट पहिचान गर्न कठिन भएको छ। यसकारण, मृतकले लगाएको कपडाको आधारमा पहिचान खुल्न सक्ने भन्दै प्रहरीले सर्वसाधारणको ध्यानाकर्षण गराएको हो। प्रहरीले मृतकको नाम, थर र वतन खुल्न नसकेकोले हुलिया तथा उनले लगाएको कपडाका आधारमा चिन्न सक्ने आफन्त वा व्यक्तिहरूलाई तत्काल प्रहरीमा सम्पर्क गर्न अनुरोध गरेको छ।


प्रहरीद्वारा जारी सूचनामा भनिएको छ, उक्त शव र मृतकले लगाएको कपडा पहिचान गर्नुहुने महानुभावहरूले जिल्ला प्रहरी कार्यालय, मोरङ वा आफूलाई पायक पर्ने नजिकको प्रहरी कार्यालयमा तुरुन्त सम्पर्क राखी दिनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ। प्रहरीले शवको प्रकृति हेर्दा केही दिनअघि नै मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुमान गरेको छ। शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।