हाम्रो पेज
विराटनगर २५ अषाढ । विराटनगरस्थित हेरिटेज इन्टरनेशनल स्कूलले आयोजना गरेको पौडी प्रतियोगिता उत्साहजनक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आर्जन अधिकारी दुई स्वर्ण पदकसहित उत्कृष्ट पौडीवाज घोषित हुनु भएको छ । विद्यार्थीहरूमा खेलकुदप्रति रुचि बढाउन र पौडीको प्रतिभालाई प्रोत्साहित गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विद्यालयका विद्यार्थीहरूले उत्साहपूर्वक भाग लिएको विद्यालयले जनाएको छ ।

विद्यालयकी व्यवस्थापन संयोजक सुष्मा श्रेष्ठका अनुसार, ५० मिटर फ्री स्टाइलमा छात्र तथा छात्रा दुवैका लागि बिगिनर्स इन्टरमिडिएट र मास्टर गरी तीन फरक फरक श्रेणीमा प्रतिस्पर्धा गराइएको थियो। कार्यक्रमको समापनमा विजेता खेलाडीहरूलाई पदक र प्रमाणपत्र वितरण गरिएको थियो। विद्यालयका खेल प्रशिक्षक सुनिल मगरले प्रतियोगिताले विद्यार्थीहरूमा लुकेको प्रतिभा प्रस्फुटन गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

प्रतियोगिताका विजेताहरूः
छात्रतर्फ
स्वर्ण पदक विजेताहरू
रिजन पोद्दार कक्षा २
आराव राजबंशी कक्षा ४
आर्जन अधिकारी कक्षा ३
सुवान सेढाई कक्षा ५
आराव कार्की कक्षा ६
आरोहन खतिवडा कक्षा ८

रजत पदक विजेताहरू
श्रीयोग नेपाल कक्षा ५
निश्चय पौडेल कक्षा ३
अर्चित शर्मा कक्षा ५
साश्वत श्रेष्ठ कक्षा ७
श्रेयस श्रेष्ठ कक्षा ५
गोविन्द गोयल कक्षा ८
आरोहन अधिकारी कक्षा ३
कास्य पदक विजेताहरू
उत्कर्ष यादव कक्षा २
कोविद कुण्डलिया कक्षा ४
आरोहन अधिकारी कक्षा ३
साकेत यादव कक्षा ७
श्रेयांश निरौला कक्षा ३
सिद्धार्थ यादव कक्षा ८
अर्चित शर्मा कक्षा ५
छात्रातर्फ
स्वर्ण पदक विजेताहरू
श्रेया सापकोटा कक्षा २
सुविग्या पौडेल कक्षा ४
नैरा पोद्दार कक्षा ५
प्रियांशी सार्दा कक्षा ४
आइरा खतिवडा कक्षा ४
रजत पदक विजेताहरू
सिद्धि शाह कक्षा २
प्रिशा भट्टराई कक्षा ३
मेश्ना श्रेष्ठ कक्षा ५
अभिलाषा दाहाल कक्षा ७
पारिजा सुमन कक्षा ३
कास्य पदक विजेताहरू
रिजा शर्मा कक्षा २
भाव्या सिंह कक्षा ३
जेनिशा घिमिरे कक्षा ५
ऋद्धि तापरिया कक्षा ४
दिविजा यादव कक्षा २