ग्रीनल्याण्ड कलेज उत्कृष्ट शैक्षिक संस्थाको रुपमा सम्मानित

हाम्रो पेज

२२ असार २०८२, आईतवार ११:२०

विराटनगर, २२ असार I कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था ग्रीनल्याण्ड कलेज (१०+२) लाई ‘उत्कृष्ट शैक्षिक संस्था सम्मान २०८२’ प्रदान गरिएको छ। चन्द्रलोक प्रतिष्ठान नेपालद्वारा प्रदान गरिएको उक्त सम्मान काठमाडौँमा आयोजित एक विशेष समारोहमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हस्तान्तरण गरेका हुन्।

कलेजले विशेषगरी मेडिकल, इन्जिनियरिङ र CMAT प्रवेश परीक्षामा उपत्यकाबाहिरकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएको आधारमा यो सम्मान प्राप्त गरेको हो।

सम्मान प्राप्तिपछि कलेज प्रशासनले एक विज्ञप्ति जारी गर्दै यो उपलब्धिमा महत्वपूर्ण भूमिका खेलेका शिक्षक, कर्मचारी, विद्यार्थी, अभिभावक, शुभचिन्तक तथा समाजप्रति आभार प्रकट गरेको छ। कलेजले सम्मानले भविष्यमा अझ लगनशीलताका साथ शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने प्रेरणा मिलेको जनाएको छ।