search logo
NOTIFICATIONS

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा मोठमा सारेर पुजा आराधना गरिंदै

हाम्रो पेज

२२ असार २०८२, आईतवार ०८:०४
विराटनगर, २० अषाढ । आज हरिशयनी एकादशी । हरेक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदैछ ।

एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा राखिएको दलको बिरुवा आज तुलसीको मोठमा सार्ने गरिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको हो । हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाण्डौ उपत्यकाका बूढानीलकण्ठ, चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भिड छ । वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रुपमा समेत प्रयोग गरिन्छ । तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वाससमेत गरिन्छ ।