search logo
NOTIFICATIONS

सार्वजनिक सेवा सुनिश्चितताको माग गर्दै विराटनगरमा र्याली

हाम्रो पेज

१७ असार २०८२, मंगलवार १९:३०
विराटनगर, १७ अषाढ । जनरल फेडेरेसन अफ नेपालीज ट्रेड युनियन, गैरसरकारी संस्था नेपाल महासंघ र दिगो विकास इन्स्टिच्युट लगायतमा आवद्ध संस्थाहरूको संयुक्त पहलमा विराटनगरमा राइज फर अभियानअन्तर्गत सार्वजनिक सेवा सुनिश्चितताको माग गर्दै  र्याली तथा कार्यशाला सम्पन्न भएको थियो छ।

“सबैका लागि सार्वजनिक सेवा” को माग गर्दै भुमि प्रशासन चोकबाट सुरु भएको र्याली ट्राफिक चोक हुँदै हनुमान मन्दिरसम्म पुगेको थियो । र्यालीमा ट्रेड युनियन, साना किसान, महिला समूह, युवा र अधिकारकर्मीहरुको सहभागिता थियो ।  प्रदर्शनका क्रममा सहभागीहरुले “सबैका लागि सार्वजनिक सेवा, धनीमाथी कर र अवैधपुर्ण ऋण खारेज” को माग गर्ने नारासहितका प्लेकार्ड बोकेका थिए ।

र्यालीपछि आयोजित कार्यशालामा सहभागीहरुले सबैका लागि सार्वजनिक सेवा किन आवश्यक छ? भन्ने विषयमा अन्तरक्रियात्मक छलफल गरेका थिए । कार्यशालामा मानवअधिकार, श्रमिक अधिकार, वातावरणीय न्याय र समानताको सवालमा काम गर्दै आएका युवा, विद्यार्थी, नागरिक समाजका प्रतिनिधि र स्थानीय अगुवाहरूको उपस्थिति थियो ।

कार्यक्रम काठमाण्डौ, पोखरा र विराटनगर गरी तीन शहरमा गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र विश्वभरका नेतृत्वकर्ताहरु स्पेनको सेविलमा जुन ३० देखि जुलाई ३ सम्म आयोजना हुने चौथो अन्तर्राष्ट्रिय सम्मेलन फाईन्यान्सिङ फर डिभेलोपमेन्टमा भेला हुँदैछन । यो अवसरमा विश्व दक्षिणका आवाजहरू सुन्नैपर्छ भन्ने मागसहित यो अभियान नेपालको काठमाण्डौ, पोखरा र विराटनगर गरी तीन सहरमा सञ्चालन गरिएको हो ।