हाम्रो पेज
काठमाडौं अषाढ १६, नेपाली चलचित्र उद्योगको इतिहासमा एक नयाँ कीर्तिमान कायम गर्दै चलचित्र विकास बोर्डले आफ्नो रजत जयन्तीको अवसरमा सर्वाधिक कमाइ गर्ने २५ चलचित्रलाई सम्मान गरेको छ। बोर्डले सार्वजनिक गरेको सूची अनुसार, ‘पूर्णबहादुरको सारङ्गी’ ले ४३ करोड ८७ लाख रुपैयाँको ऐतिहासिक व्यापार गर्दै शीर्ष स्थान ओगटेको छ, जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक हो। बोर्डको २५औं वार्षिकोत्सवका अवसरमा आयोजित एक विशेष कार्यक्रममा यी चलचित्रका निर्माताहरूलाई सम्मान गरिएको हो। यो सूचीले नेपाली चलचित्र उद्योगमा पछिल्ला वर्षहरूमा आएको व्यावसायिक उछाल र दर्शकको बदलिँदो स्वादलाई स्पष्ट रूपमा देखाएको छ ।
यी हुन् सर्वाधिक कमाइ गर्ने शीर्ष १० चलचित्र
१ पूर्णबहादुरको सारङ्गी – रु ४३ करोड ८७ लाख
२ कबड्डी–४ – रु २१ करोड ४० लाख
३ १२ गाउँ – रु १९ करोड ९२ लाख
४ छक्का पञ्जा–४ – रु १७ करोड ५३ लाख
५ जारी – रु १७ करोड ४८ लाख
६ छक्का पञ्जा – रु १६ करोड १० लाख
७ महाजात्रा – रु १५ करोड ६७ लाख
८ छक्का पञ्जा–५ – रु १५ करोड २० लाख
९ कोहिनुर – रु १४ करोड ७५ लाख
१० छक्का पञ्जा–२ – रु १४ करोड ५१ लाख
टप २५ मा परेका अन्य चलचित्रहरू
११ शत्रु गते – रु १२ करोड ६५ लाख
१२ ऊनको स्वीटर – रु १० करोड ६२ लाख
१३ कबड्डी–२ – रु १० करोड ३५ लाख
१४ बोक्सीको घर – रु १० करोड १० लाख
१५ छ माया छपक्कै – रु ९ करोड ९२ लाख
१६ दिमाग खराब – रु ८ करोड ९८ लाख
१७ अञ्जिला – रु ८ करोड ८३ लाख
१८ परदेशी–२ – रु ७ करोड ९२ लाख
१९ छक्का पञ्जा–३ – रु ७ करोड ८३ लाख
२० प्रेम गीत–३ – रु ७ करोड ६३ लाख
२१ कबड्डी कबड्डी कबड्डी – रु ७ करोड ५९ लाख
२२ पुजार सार्की रु ७ करोड ३८ लाख
२३ महापुरुष – रु ७ करोड ३५ लाख
२४ कबड्डी – रु ७ करोड ३४ लाख
२५ पशुपति प्रसाद–२ भष्मे डन – रु ७ करोड ३२ लाख
यो सम्मानले सफल चलचित्रकर्मीहरूलाई थप प्रोत्साहन मिल्नुका साथै नेपाली सिनेमाको व्यावसायिक सम्भावनालाई अझ मजबुत बनाएको छ। विशेषगरी ‘छक्का पञ्जा’ र ‘कबड्डी’ जस्ता सिरिजको निरन्तर सफलता तथा ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता मौलिक कथामा आधारित चलचित्रको कीर्तिमानी व्यापारले नेपाली सिनेमाप्रतिको बढ्दो विश्वासलाई प्रमाणित गरेको चलचित्र समिक्षकहरुले टिप्पणी गरेका छन् ।