
विराटनगर, १६ अषाढ । नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरको नवनिर्वाचित टोलीले मोरङका प्रमुख जिल्ला अधिकारीसँग भेट गरेको छ । विराटनगर च्याप्टरका अध्यक्ष सञ्जीव सिग्देलको नेतृत्वमा पूर्वअध्यक्ष सृजन प्याकुरेल र वर्तमान कार्यसमितिसहितको टोलीले आज जिल्ला प्रशासन कार्यालय मोरङमा पुगेर प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसँग भेटवार्ता एवम् परिचयात्मक कार्यक्रम गरेको हो । सो अवसरमा प्रमुख जिल्ला अधिकारी यादवले युवा उद्यमी मञ्चको नवनिर्वाचित कार्यसमितिलाई बधाई एवम् शुभकामना व्यक्त गर्दै उदाहरणीय काम गरेर देखाउन सुझाव दिनुभयो । प्रमुख जिल्ला अधिकारी यादवले व्यापार व्यवशाय वा अन्य कुनैपनि समस्या भए जानकारी गराउन उद्यमीको टोलीलाई आग्रह गर्दै आफुले सकेको सहयोग गर्ने पनि आश्वासन दिनुभयो । भेटमा मञ्चका विराटनगर च्याप्टरका अध्यक्ष सिग्देलले सहयोगी भावना र सुझावकालागि प्रजिअ यादवलाई धन्यवाद दिनुभयो । अध्यक्ष सिग्देलले अब चाँडै युवा व्यवशायीसँग छलफल गरेर व्यापार व्यवशाय क्षेत्रमा देखिएका समस्या समाधानकालागि बुँदागत रुपमा प्रमुख जिल्ला अधिकारी यादवलाई बुझाउने बताउनुभयो । भेटका क्रममा युवा उद्यमी मञ्चको टोलीले प्रमुख जिल्ला अधिकारी यादवलाई मायाको चिनो प्रदान गरेको थियो ।
