हाम्रो पेज
कार्यक्रममा नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ मोरङका अध्यक्ष सीए सुरज तिम्सिनाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो | कार्यपत्र प्रस्तुत गर्दै अध्यक्ष सीए तिम्सिनाले वर्तमान अवस्थामा नेपालमा देखिएको व्यापार चुनौती र राज्यका निती तथा अवसरहरुका वारेमा प्रकाश पर्नुभयो I उहाँले हालै सरकारले प्रस्तुत गरेको आ.व. २०८२-८३ को बजेटको सारांश, प्राथमिकता र मुख्य विषयवस्तुहरुको विषयमा पनि जानकारी गराउनु भयो I उहाँले आर्थिक विधयेक मार्फत आयकर ऐन, मू.अ. र कर ऐन तथा अन्तशुल्क ऐन एवम् भन्सार ऐनमा भएको परिवर्तन बारे पनि कार्यपत्र प्रस्तुत गर्नु भएको थियो I व्यवशाय गर्दा आइपर्ने समस्या र करको नीति सम्बन्धमा बढी भन्दा बढी जानकारी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको युवा उद्यमी मंच विराटनगर च्याप्टरका अध्यक्ष संजीव सिग्देलले बताउनु भयो I उहाँले यसखाले कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो I यसखाले कार्यक्रमले युवा उद्यमीहरुलाई लेखा र करका विषयमा अझ स्पष्ट हुने मौका मिलेको सहभागीहरुले बताए I कार्यक्रममा युवा उद्यमी मंच विराटनगर च्याप्टमा आवद्द युवा व्यवसायीहरुको सहभागिता थियो I