NOTIFICATIONS
हाम्रो पेज
काठमाडौं, १२ अषाढ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथी चारवटा शक्तिले हमला गरिरहेको बताउनुभएको छ । एमालेले राष्ट्रहित र जनताका सवाललाई शसक्त ढंगले उठाँउदा यस्तो हमला भएपनि उनीहरुको स्वार्थ पुरा हुन नदिन एमालेले शसक्त प्रतिवाद गर्नुपर्ने उहाँले बताउनुभयो ।
महासचिव पोखरेलले एमालेका मुल नेता र प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीप्रति हमला बढेकोले त्यसको प्रतिरोध गर्न सबैलाई उहाँले निर्देशन दिनुभएको छ । आज एउटा नेतालाई हमला गर्नेले भोली अरुलाई नै बाँकी नराख्ने भएकोले त्यस्ता शक्तिहरुलाई आजै निस्तेज पार्नुपर्ने उहाँको भनाइ छ । ‘प्रधानमन्त्री र पार्टी अध्यक्षका रुपमा केपी शर्मा ओलीलाई आज आक्रमणको निशाना बनाइएको छ’ पोखरेलले भन्नुभयो ‘आजै यो कुरालाई निस्तेज नगरे भोली अन्य नेतृत्वप्रति पनि यो निशाना सोझिन्छ । ’ उहाँले सामाजिक सञ्जालमा राजनीतिक भनाइहरु राख्दा माथी उल्लेख गरिएका चारैवटा शक्तिहरुले आक्रमण गर्ने गरेको बताउनुभयो । यस्तो आक्रमणबाट कति पनि हतोत्साहित नहुन कार्यकर्तालाई सम्झाउनुभएको छ । ‘राजनीतिक कुरा सामाजिक सञ्जालमा राख्दा गाली खाइन्छ, मुख छाड्छन् भनेर भनेर एमालेका केही नेता कार्यकर्ताले पास्नी,बिहे,पार्टी,पारिवारिक तस्विर मात्र हालेको देख्छु’ महासचिव पोखरेलले भन्नुभयो ‘एमालेहरुले यसो गर्न सुहाउदैन । आफ्ना राजनीतिक कुरा राख्ने र सामुहिक प्रतिवाद गर्ने काम हामीले गर्नुपर्दछ । ’