search logo
NOTIFICATIONS

पैसामा हस्ताक्षर गर्ने गभर्नरको सम्पत्ति कति छ ? शेयरमा मात्रै १४ करोड

हाम्रो पेज

११ असार २०८२, बुधबार १४:०४

काठमाडौं, ११ अषाढ । नेपाल राष्ट्र् बैंकका गभर्नर डा. विश्वनाथ पौडेलसँग करिब २३ करोड सम्पत्ति रहेको छ। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका पौडेलले आफ्नो करिब २३ करोड रुपैयाँ बराबरको सम्पत्ति विवरण सार्वजनिक गर्नुभएको छ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले नियुक्त भएपछि सम्पत्ति विवरण बुझाउनुपर्ने कानूनी व्यवस्था अनुसार उहाँले उक्त विवरण सार्वजनिक गर्नुभएको हो। उहाँको सम्पत्तिको सबैभन्दा ठूलो हिस्सा शेयर बजारमा लगानी रहेको देखिन्छ।
१. घर जग्गाः
उहाँको सम्पत्ति विवरण अनुसार, उहाँ र उहाँको परिवारको नाममा दुई स्थानमा घरजग्गा रहेको छ, जुन दुवै श्रीमती प्रतिभा पौडेलको नाममा दर्ता छ।
ललितपुरमा ५ आना २ दाम जग्गामा निर्मित २,७९५ वर्गफिटको घर लागत रु १ करोड ५५ लाख, नवलपरासी गैंडाकोटमा खरिद गरिएको घर, लागत, रु ६० लाख यी दुवै सम्पत्ति पैतृक र स्वआर्जनबाट जोडिएको उहाँले उल्लेख गर्नुभएको छ।
२. सुन, हिरा तथा बहुमूल्य गरगहनाः
विवरण अनुसार, उहाँसँग ४५ तोला सुन र करिब १५ लाख रुपैयाँ बराबरको हिराका गरगहना छन्। सुन पैतृक सम्पत्तिका रूपमा प्राप्त भएको जनाइएको छ।
३. बैंक मौज्दात
डा. पौडेल र उहाँकी पत्नीको नाममा विभिन्न बैंकहरू सानिमा, नेपाल इन्भेष्टमेन्ट मेगा र प्रभु मा गरी कुल २० लाख ६८ हजार रुपैयाँ नगद मौज्दात रहेको छ। यसका साथै, उहाँको नाममा ६६ अमेरिकी डलर र श्रीमतीको नाममा ४,४४६ अमेरिकी डलर रहेको छ।
४. शेयर लगानी कूल १४ करोडभन्दा बढी
डा पौडेलको सम्पत्तिको सबैभन्दा ठूलो हिस्सा शेयर बजारमा लगानी रहेको देखिन्छ। उहाँ र उहाँकी श्रीमतीको नाममा विभिन्न कम्पनीहरूमा गरी कुल १४ करोड रुपैयाँभन्दा बढीको शेयर रहेको छ। उहाँको लगानी रहेका प्रमुख कम्पनीहरूमा : सानिमा बैंक, सानिमा माई हाइड्रो, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर, चितवन इनर्जी लिमिटेड
५. सवारी साधन
सवारी साधनतर्फ, उहाँको श्रीमतीको नाममा ४४ लाख रुपैयाँ लागतको एक सुजुकी कार रहेको विवरणमा उल्लेख छ।