हाम्रो पेज
काठमाडौं, २ अषाढ I भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजपनि प्रतिनिधिसभा बैठक अवरुद्ध गरेका छन्। विपक्षी दलहरूको नाराबाजी र विरोधका बीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि राप्रपाले बैठक बहिष्कार गरेको छ भने रास्वपाले नाराबाजीसहित अवरोध जारी राखेको छ।
बैठकको सुरुमै बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सदन अवरुद्ध भएको बेला बैठक नचलाउन सभामुखलाई आग्रह गनुर्शभयो । उहाँले आफ्नो आग्रहलाई बेवास्ता गरी बैठक चलाइएमा राप्रपाले बहिष्कार गर्ने र त्यस दिनको बैठक भत्तासमेत नलिने घोषणा गर्नुभयो । त्यसपछि बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बल प्रयोग गरेर सदन चलाउन नसकिने भन्दै सभामुखको भूमिकाप्रति आपत्ति जनाउनुभयो । उहाँले गृहमन्त्री रमेश लेखकमाथि छानबिन हुनुपर्ने र उहाँले राजीनामा दिनुपर्ने पार्टीको अडान दोहोऱ्याउनुभयो । दुवै दलको विरोधका बाबजुद सभामुख घिमिरेले बैठकलाई कार्यसूचीमा प्रवेश गराउनुभयो । बैठक अवधिभर रास्वपाका सांसदहरूले बसेर नाराबाजी गरेका थिए भने राप्रपाका सांसदहरू बैठक बहिष्कार गरेर बाहिरिएका थिए ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताको आरोप लगाउँदै उनीहरूको राजीनामा र उच्चस्तरीय छानबिन समितिको मागसहित रास्वपा र राप्रपाले निरन्तर संसद् अवरुद्ध गर्दै आएका छन्। यसले सत्तापक्ष र प्रतिपक्षीबीचको दूरी झनै बढाएको छ भने संसद्को महत्त्वपूर्ण कामकारबाही प्रभावित बनेको छ।
