search logo
NOTIFICATIONS

विमान दुर्घटनाका मृतक परिवारलाई प्रतिव्यक्ति एककरोड राहत दिने एयर इण्डियाको घोषणा

हाम्रो पेज

३० जेष्ठ २०८२, शुक्रबार ०८:०३
एजेन्सी, ३० जेठ । टाटा समूहले आफ्नो कम्पनी एयर इण्डियाको विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति एककरोड रुपैयाँ राहत दिने घोषणा गरेको छ । टाटा समूहले घाइतेहरुको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ ।
भारतको अहमदाबादमा बिहीवार भएको एयर इण्डियाको विमान दुर्घटनामा विमानमा सवार दुईसय ४१ जनाको ज्यान गएको थियो । दुईसय ४२ जना यात्रु बोकेर वेलायतकालागि उडेको एयर इण्डियाको बोइङ ७८७ ड्रीमलाइनर विमान उडान भरेको केही समयमै आवासीय क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनामा एकजना वेलायती नागरिक भने बाच्न सफल भएका छन् । अरु सबैको ज्यान गएको एयर इण्डियाले पुष्टि गरेको छ । दुर्घटनामा बाँच्न सफल विश्वासकुमार रमेशको अस्पतालमा उपचार भइरहेको छ । विमानको सिट नम्बर ११ ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश दुर्घटनाबाट जोगिनुभएको हो । उहाँको भिडियो र बोर्डिङ पास पनि सार्वजनिक भएको छ । उहाँलाई भारतका गृहमन्त्रीले अस्पतालमा भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ । दुर्घटनाग्रस्त एयर इण्डियाको उडानमा एकसय ६९ जना भारतीय नागरिक, ५३ जना बेलायती नागरिक, सात पोर्चुगलका नागरिक र एक क्यानेडियन नागरिक थिए ।