हाम्रो पेज
बेंगलुरुले दिएको एकसय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ७ विकेट गुमाएर एकसय ८४ रन मात्र बनायो । अन्तिम ओभरमा २९ रन आवश्यक हुँदा शशांक सिंहले ३ छक्का र चौका प्रहार गरेपनि पर्याप्त हुन सकेन ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंग्लुरुले २० ओभरमा ९ विकेट गुमाएर एकसय ९० रन बनाएको थियो । बेंग्लुरुकालागि विराट कोहलीले सर्वाधिक ४३ रन बनाए । त्यस्तै कप्तान रजत पाटिदारले २६ रन बनाए भने लियाम लिभिङस्टोनले २५ तथा मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए ।
लिग चरणमा पन्जाब पहिलो र बेंग्लुरु दोस्रो स्थानमा रहेका थिए । पहिलो क्वालिफायरमा पन्जाबलाई हराउँदै बेंग्लुरु फाइनलमा पुगेको थियो । पन्जाबले दोस्रो क्वालिफायरमा मुम्बई इन्डियन्सलाई हराउँदै फाइनलमा पुगेको थियो ।
बेंग्लुरुले यसअघि तीनपटक आईपीएलको फाइनल खेलेपनि उपाधि जित्न भने सकेको थिएन । सन् २००९, २०११ र २०१६ मा फाइनल खेलेको बेंग्लुरु उपाधिबाट वञ्चित थियो । सन् २००९ मा आरसिबी डेक्कन चाजर्रसँग पराजित भएको थियो । यसैगरी सन् २०११ मा चेन्नई सुपर किङ्स तथा सन् २०१६ मा सनराइजर्स हैदरावादसँग हारेको आरसिबी चौथो पटक सफल भएको हो ।