search logo
NOTIFICATIONS

राजावादीको आन्दोलन आज पनि, माइतीघर–बबरमहल सडक ठप्प

हाम्रो पेज

१६ जेष्ठ २०८२, शुक्रबार १६:४७
काठमाडौं, १६ जेठ । राप्रपा, राप्रपा नेपाललगायतका राजावादीहरूले शुक्रबार काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् ।

उनीहरूले राजसंस्था पुनःस्थापनाका लागि भन्दै काठमाडौंमा अनिश्तिकालीन प्रदर्शन गर्ने घोषणा गरेअनुसार बिहीबार सुरु गरिएको प्रदर्शनलाई शुक्रबार पनि निरन्तरता दिएका हुन् ।

माइतीघरबाट उनीहरूले बबरमहलसम्म जुलुस निकालेका थिए । प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतका नेताहरू सहभागी रहनु भएको छ ।

बिहीबार रत्नपार्क क्षेत्रमा प्रदर्शन गरेका राजावादीहरुले शुक्रबार माइतीघर क्षेत्रमा प्रर्दशन गरेका छन् । राजसंस्था पुनस्र्थापनाको माग राख्दै राजावादीहरूले गरेको प्रदर्शनका कारण काठमाडौंको माइतीघर–मण्डला, बबरमहल, नयाँ बानेश्वर लगायत नदी करिडोरको सवारी आवागमन प्रभावित भएको छ ।

राजावादीहरूको आन्दोलन राजसंस्था पुनस्र्थापना नभएसम्म जारी रहने बताइएको छ । सवारी आवागमन प्रभावित भएपछि सर्वसाधरणहरू चर्को घाममा सडकमै लाम लागेर बस्न बाध्य भएका छन् ।